घरटहरा भत्काउदा प्रहरी र स्थानियबीच झडप

| 2018 Oct 01 | 04:07 pm 2304

बनेपा,  असोज १५ :  अरनिको राजमार्गस्थित काभ्रेको साँगा–बनेपा सडकखण्डमा अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काउदा प्रहरी र स्थानियबीच झडप भएको छ । डिभिजन सडक कार्यलय भक्तपुरले अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका घरटहरा भत्काउँदा झडप भएको हो ।

घरटहरा भत्काउँदा झलडप भएपछि तनावलाई नियन्त्रणमा लिन प्रहरी ३ सेल अश्रुग्यास प्रहार गरेको छ, भने दर्जन बढी घाइते भएका छन् । स्थानीयले भने दशैंसम्म घरटहरा नहटाउन माग गर्दै अवरोध गरेका थिए ।

गरपालिकाले अरनिको राजमार्गको साँगा चोकदेखि बनेपा चण्डेश्वरी खोलासम्म सडकको दाया बायाँ २५ गज सडक सिमानाभित्र रहेका घर टहरा हटाउन डिभिजन सडक कार्यलयले भदौ २८ गते घर टहरा हटाउन पन्ध्र दिने सूचना जारी गरेको थियो ।

स्थानीयले भने दसैंसम्म घरटहरा नहटाउन माग गर्दै अवरोध गरेका हुन् । उनीहरुले वडाध्यक्ष र मेयरविरुद्ध नाराबाजीसमेत गरे । तर प्रशासनले घर टहरा पसलमै डोजर लगाएर अतिक्रमण हटाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.