घरकाे छतबाट खसेर एक महिलाकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 10 | 10:05 am 2466

तनहुँ, भदाै २५ः  घरको छतबाट खसेर तनहुँमा एक महिलाकाे ज्यान गएको छ । ज्यान जानेमा व्यास नपा १ भादगाउँकी ३० वर्षीया मन्जु भुजेल रहेकी छन् ।

घरको छतबाट खसेर गम्भीर घाइते भएकी भुजेलकाे तत्काल उपचारको दमौली अस्पताल ल्याइएको र उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको हाे ।

घटनाका बारेमा  थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.