घर भत्किँदा डोल्पामा दुईको मृत्यु एक घाइते

रिपोर्ट नेपाल | 2020 Mar 14 | 07:31 pm 1745

डोल्पा, चैत १: जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ४ रङ्ग गाउँमा घर भत्किँदा एकै घरका दुईको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

मृत्यु भएकाहरुमा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

त्यसैगरी अन्दाजी ३५ वर्षीया आमा रणमती बुढा गम्भीर घाइते भएकी छन्। घाइते बुढालाई उपचारका लागि बगर बजारस्थित मनिस मेडिकलमा ल्याइएको छ।

घुडाभन्दा मूनि च्यापियर घाइते भएकी उनी बेहोस अवस्थामा रहेको र सलाइन पानी दिएर होसमा ल्याउने प्रयास गरिरहेको मेडिकल सञ्चालक गोरबहादुर बिकले जानकारी दिए।

उनको बाहिर चोट नदेखिएको र होसखुल्ने सम्भावना रहेको बताउँदै होसमा नआएमा तुरुन्तै अन्य अस्पतालमा रिफर गरिने बिकको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.