घर फर्किंदै गरेका दुई नेपाली भारतमा लुटिए, अर्ध चेत अवस्थामा बसपार्कमा फेला

रिपोर्ट नेपाल | 2018 Aug 28 | 05:44 pm 2487

बाँके, भदौ १२ : भारतमा रोजगारी गरेर फर्किंदै गरेका दुई नेपाली भारतमा लुटिएका छन्। भारतको हिमाञ्चलको सिमलाबाट काम गरेर फर्किदै गरेका उनीहरुलाई लठ्याउने औषधि सेवन गराएर लुटिएको हो।

लुटिनेमा बसेला–३, सुर्खेतका ५८ वर्षीय प्रेमसिंह ठाकुर र गुलरिया नगरपालिका–१, बर्दियाका ३० वर्षीय किसन केसी रहेको इलाका प्रहरी कार्यालय जमुनहाले जनाएको छ।

विस्कुटमा लठ्याउने औषधि मिसाएर खुवाएर दुवै जनाको साथमा रहेको ४० हजार भारतीय रुपैयाँ लुटेर लगेको उनीहरूले प्रहरीसमक्ष बयान दिएको प्रहरी नायव निरीक्षक शिव कुमार ओलीले जानकारी दिए। उनीहरूका साथमा रहेको झोलाहरू समेत लुटिएका छन्।

अर्ध चेत अवस्थामा रुपईडिहास्थित बसपार्कमा फेला परेका दुवैजनाको भेरी अंचल अस्पतालमा उपचार भइरहेको छ। दुवैजनाको आफन्तलाई जानकारी गराइएको ओलीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.