घर घरमै धारा पाउँदा स्थानीयमा खुसी

रिपोर्ट नेपाल | 2018 Nov 28 | 04:10 pm 1971

  •  तिलाचन पाण्डे

गुल्मी, मंसिर १२ : जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर-१ बकेवाकी सुनीता अर्याल बुटबलमा बसेर स्नातक तहमा अध्ययन गर्छिन, उनी बिदाको समयमा घर आउँदा पनि बिहानै ४ बजेदेखी गाउँका पानीका मुहान चाल्दै कहाँछ पानी भन्दै आँखा मिच्दै धाउनु परेकाे बताइन । पानीका मुहान चाल्दै र ग्रागीमा पानी लिएर आउँदा ८-९ बज्थ्यो, पानी लिएर आउँदा थकानको महशुस हुन्थ्यो दिनभर अरु काम गर्न जाँगर नै लाग्दैनथ्यो । चाडवर्बको समयमा संगी साथीहरुसंग रमाईलो गरौला भन्दा पनि घरमा आए पश्चात् पानीकै समस्या हुन्थ्यो, घरघरमै धारा आउनेहो रे भन्‍ने सुन्दा पनि कथा जस्तै लाग्दथ्यो । तर अहिले गाउँका घरहरुमा पानीका धाराहरु जडान भई पानी आयो भन्‍ने सुन्दा खुसीयाली छाएको उनी बताउँछिन् ।

यस्तै सोही गाउँकी माया पाण्डेले पनि यसरी घरघरमा पानीका धाराहरु आउँलान र सुख पाईएला भन्‍ने नसोचेको बताईन् । उनले बिहानै देखी पानीका मुहानहरु चाल्नु पर्ने र घरका सबै कामहरु गरि मेलो पातो सबै गर्नु पर्दथ्यो। पानी नहुँदा केही पनि काम पनि गर्न मन लाग्दैनथ्याे, सधै पानीको यस्तै समस्या हुने होलाकी भन्दै खोला, स्थानीय कुवाहरुमा धाउँदाको याद मनमा अझै झल्झली छ, अहिले घरघरमा पानीका धाराहरु आउँदा सारै खुसी लागेको छ कता कता अर्को जुनी पाएजस्तै भएको उनी बताउँछिन् ।

कुल १४ लाख ८१ हजारमा १८ घरधुरीहरुलाई घरघरमै धारा सहित योजना सम्पन्‍न गरिएको कालिगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए । पल्लीका अनुसार बकेवाबासीहरुले अहिले घरघरमै धारा पाउँदा भगवानै आए बराबर भएको प्रतिक्रिया दिएको बताए ।

कुल लागतको ४ लाख ६ हजार २ सय ५४ रुपैया उपभोत्ताहरुको नगद जनश्रमदान, गाउँपालिकाको १ लाख ४५ हजार, नेपाल सरकारको ४ लाख ४९ हजार, फिल्यान सरकारको ४ लाख ४९ हजारमा योजना सम्पन्‍न भएको कालिगण्डकी गाउँपालिका वास ईकाइका संयोजक शंकर नेपालीले जानकारी दिए ।
घरघरमै पानीका धाराहरुको उद्घाटन कालिगण्डकी गाउँपालिकाका प्रमुख बेद थापा मगरले गरेका हुन् । उदघाटन गर्दै मगरले स्थानीय सरकारको अनुभुती गराउने गरि पालिका लागि परेकाले आगामी दिनहरुमा पनि पिउने पानीलाई पहिले प्राथामिकता दिएर कार्य अगाडी बढाउने दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.