धनकुटा, साउन १५ः बिहीबार दिउँसो परेको अबिरल वर्षका कारण धनकुटा, सागुरीगढी गाउँपालिका ६ स्थित कोशी राजमार्गमा रहेको घण्टे खोलामा बाढि आई बाढिसँगै ढुङ्गा माटो लेदो समेत झरी बाटो अबरोध भएको छ ।
उक्त स्थानमा प्रहरी चौकी मुलघाटबाट ४ जनाको टोली गई सडक विभागसँग समन्वय गरी जेसिबी माग गरी राजमार्ग खुलाउने कार्य गरेको प्रहरीले जानकारी दिएको छ ।
सो स्थान मुलघाट प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिणमा रहेको छ । हाल एकतर्फि बाटो खुलाई सवारी साधान सुचारु गराइएको प्रहरी हवल्दार बिजय कुमार राईले बताए ।