ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु

रिपोर्ट नेपाल | 2023 Jan 16 | 05:55 pm 985

कपिलवस्तु, माघ २ः जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपीलधाम स्थित माघी महोत्सव स्थलमा बेलुन फुलाउने ग्यास सिलिन्डर बिस्फोट हुँदा एक जना बेलुन व्यापारीको मृत्यु भएको छ।

सोमबार दिउसो साढे ३ बजेतिर अचानक ग्यास सिलिन्डर बिस्फोट हुँदा बागंगा नगरपालिका वडा नम्बर ८ बालापुरका ६५ वर्षिय नासिर मोहोम्मदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिपक बावु केसीले बताए।

थारु कल्याणकारी सभाले कपील धाम स्थलमा सोमबार देखि सुरु गरेको माघी महोत्सव स्थलमा ती बेलुन ब्यापारीले बेलुन फुलाउन ग्यास सिलिन्डर चलाइरहेका थिए। घटनामा मृतक ब्यापारीका सहायक सईद पाखिया समेत सामान्य घाइते भएका छन। उनको जितपुर स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटनको अनुसंधान भईरहेको प्रहरी उपरिक्षक केसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.