गौशालाको कम्प्युठर पसलमा चोरी

रिपोर्ट नेपाल | 2022 Jan 14 | 08:40 am 1773

महोत्तरी, पुस ३०: महोत्तरीको गौशाला बजारस्थित मिथिलान्चल कम्प्युटर सेन्टरबाट गएराति चोरी भएको छ। पसलमा बिक्रीको लागि राखिएको कम्प्युटर, ल्यापटप, मोवाईल, सिसिटिभीका सामग्री लगायत ईलेक्ट्रोनिक्स समानहरु चोरी भएको हो।

करिब २५ लाख मूल्य बराबरको सरसमानहरु चोरी भएको पसल संचालक संदिप यादवले बताए। पसलमा सिसीक्यामेरा जडान रहेतापनि चोरले सिसीटिभीको डिभीवक्स पनि चोरी भएको संचालक यादवले जानकारी दिए।

घटनाको सम्बन्धमा विस्तृतरुपमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरिक्षक विष्णुप्रदिप वस्यालले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.