गौथलीले आकाश छुन खोज्दा घरै बिर्सिन्छ रे

| 2023 Jan 18 | 09:03 am 3549

  –बिनाेद के.सी

मेरो घरमा एक पटक गौथलीले गुण लगायो घरमा बा र आमा दुई जना बिचको सानो झगडा उत्पन्न गरायो । झगडा साधारण नै थियो । आमाले भनिन् गौथलीले गुण लगाउँदा घर फोहोर हुन्छ । यसलाई बस्न दिन हुन्न । किन कि घर सफा गर्ने त आमानै थिइन्। बा ले भने होइन यसलाई घरमै बस्न दिनु पर्छ । घरमा गौथली बस्यो भने लक्षिण लाग्छ भन्छन्। त्यो बिषयमा बस्न दिने कि नदिने भन्ने छलफलमा केही गर्नै नसक्ने हजुरबुबालाई राखियो । हजुरबुवाको भुमिका सर्वोच्च अदालतको न्यायाधीश जस्तो भयो। त्यसपछि निर्णय गर्ने जिम्मा हामी छोरा छोरी र बा लाई दिइयो । बाले निर्वाचन आयोगको प्रमुख आयुक्तको भुमिका निर्वाह गर्नुभो भने, हामीले वकिलहरुको भुमिका निर्वाह गर्यौं। त्यसपछि हामि छोराछोरीले सल्लाह गर्यौं ।

अहिलेनै निर्णय नगरौं यो गौथलीले कत्रो गुण बनाउछ। कति जना बच्चा जम्मा गर्छ र घरमा कत्तिको हल्ला मच्चाएर डिस्टभ गर्छ हेरम भनेर केहि दिन हामी सबै बहसमा बसेऔं । त्यसपछि ति गौथलीले छोटो समयमा यत्ति ठूलो गुण बनायो कि हजारौं गौथली अट्ने तर बस्न होइन आउने जाने आउने जाने । सानो जातको चरो भयर के गर्नु यति तीखो कि चिर चिर चिर चिर गरेर चिच्याउँदै घरमा सारै हल्ला गर्न थाले पछि । अब यी गौथलीले सारै हल्ला गर्न थाल्यो यसलाई अब घरबाटै निकाल्दिम भनेर हामिले सल्लाह गर्दै थियौं आमाले सुन्नु भएछ । आमा रिसाउदै यसको गुणनै भत्काई दिउ अनि मात्र निस्किन्छ भन्दै गर्दा केही गर्न नसक्ने हुत्ती नभएको बा ले मुन्टो मात्रै हल्लाएर असहमति जनाउँदै थिए । सोही समयमा एउटा गौथली फुत्त बहिरबाट भित्र पस्यो मुखमा केही च्यापेर ल्याएको खनेकुरा गुणमा भएका बच्चाहरुलाई खुवाउछ । हुँदा हुँदा छोटो समयमा नै केहिदिन पछि त्यो गौथलीले त्यसका बच्चाहरुलाई उड्न सिकाउन थाल्यो । अनि आमाले गुण भत्काइदिने भनेको कुरो र बाले गुण नै चाहिँ भत्काइदिन हुदैन भनेको कुरो बूढो हजुरबाले सुनीराख्नु भएको रहेछ । अनि हजुरबाले एकल निर्णय गर्दिनुभयो ।

अब यसलाई हामिले केही गर्नु पर्दैन यसको सबै बच्चाहरु उड्न सक्ने भइसके अब यसकै बच्चाहरुले बोकेर यिनिलाई आकाश छुन लान्छ । न भन्दै केही दिनमै सबै बच्चाहरु सारै खुशिहुदै चिर चिर चिर चिर गर्दै सबै मिलेर आकाश तिर त लगे तर हामी के सोच्दै छौं भने त्यो गौथली हाम्रो घरमा फर्केर आउछकी आउदैन हाम्रो घरमा बनायको गुण भत्काउने कि राख्ने भन्ने कुराको दोधारमा छौं । यस्तै दोधारमा नपारोस् आम सोझा सिधा जनताहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.