गोविन्द केसीको समर्थनमा १६ जनाले सुरु गरे सामुहिक अनशन

| 2019 Jan 26 | 11:16 am 1587

सुनसरी, माघ १२ : डा गोविन्द केसीको समर्थनमा १६ जना युवाले सामुहिक अनशन सुरु गरेका छन्।

संघीय संसदमा शुक्रबार डा केसीसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि सुनसरीको इटहरीमा लिवरल सोसाइटीका १६ जना युवाले २४ घन्टे अनशन सुरु गरेका हुन्।

डा केसीको १६ औं अनशनको १८ औं दिन भएको छ। उनले पनि सरकारले आफूसँग सहमति गरेर संसदबाट दुईतिहाइको दम्भ देखाउँदै तीन करोड नेपालीलाई धोका दिएको भन्दै अनशन जारी राख्‍ने बताएका छन्। निरन्तरको अनशनका कारण डा केसीको स्वास्थ्य निकै कमजोर भएको छ।

सरकारको विरोध र डा केसीको समर्थनमा आज देशभर आन्दोलन, धर्ना तथा अनशन र प्रदर्शनहरु भइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.