दाङ, जेठ १४: दाङमा गोली लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर १ बौराहका २३ वर्षीय कालुराम घर्ती मगर रहेका छन्।
बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जङ्गलमा सिकार खेल्न गएका उनको गोली लागी मृत्यु भएको दाङ प्रहरीले जनाएको छ।
उनको घाँटीमा गोली लागेको छ। घटनामा सँलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा राखेको छ।