गोली लागेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Mar 27 | 01:24 pm 2397

बुटवल, चैत १४ः गएराति सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५० वर्षीय टेकबहादुर गुरुङ रहेका छन् ।

गोली लागेर गुङकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको  छ । गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान जारी राखेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

जंगल विकट क्षेत्रमा हुँदा पैदल जानुपर्ने भएको  घटनाको  पूरा अनुसन्धान गर्न ढिला भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.