गोरु काटेको अभियोगमा चार जना पक्राउ

| 2019 May 05 | 08:51 am 3660

काठमाडौं, वैशाख २२: गोरु काटेको अभियोगमा काठमाडौंको बौद्ध तीनचुलीबाट चार जना पक्राउ परेका छन्।

तीनचुलीस्थित प्लटिङ गरेको खाली जग्गामा गोरु कोटेर मासु भाग लगाइरहेको अवस्थामा प्रहरीले चार जनालाई आइतबार बिहान साढे २ बजे पक्राउ गरेको बताए ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गस्ती गर्दा गोरु काटेर मासु भाग लगाइरहेका उनीहरुलाई रंगेहात पक्राउ परेका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

पक्राउ पर्नेमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बमजन रहेका छन्। उनीहरुलई महानगरीय प्रहरी वृत्त बौद्धमा राखिएको छ। पक्राउ परेका चारैजनालाई कानुन अनुसार कारवाही हुने वृत्तका डिएसपी चन्दले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.