गोदावरीमा खोलाले कार बगायो

रिपोर्ट नेपाल | 2018 Aug 06 | 02:58 pm 3558

ललितपुर, साउन २१ : बाढीले ललितपुरको गोदावरीमा एउटा कार बगाएको छ । महालक्ष्मी नगरपालिका–८ स्थित गोदावरी खोलामा आएको बाढीले पार्किङ गरेर राखेको वा १४ च ४७४९ नम्बरको कार बगाएको स्थानीयले जानकारी दिएका छन् । कार ललितपुर लुभुका प्रेमराज लावतीको रहेको प्रहरीले जानकारी दिएको छ ।

लगातार पानी पर्दा जनजीवन प्रभावित बन्दै गएको छ । शनिबारदेखिकै वर्षाका कारण भक्तपुरका विभिन्न स्थान डुबानमा परेका छन् । भक्तपुरको राधेराधे, सल्लाघारी क्षेत्रमा डुबान भएको छ । करिब एक महिनाअघि मात्र भक्तपुर क्षेत्र डुबानमा परेको थियो । अघिल्लो पटकको डुबानका कारण घरमा पसेको चिसो ओभाउन नपाउँदै फेरि डुबान परेपछि सर्वसाधारणको जीवन कष्टप्रद बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.