ललितपुर, जेठ १३: गोदावरी नगरपालिका १३ , झरुवारासीस्थित पोखरीटार नजिक सोमबार एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । त्यहाँ रहेको नवज्योति स्कुल परिसर पछाडी रहेको सल्लाघारी छेउमा स्थानीय ५० वर्षीय उत्तम केसी मृत भेटिएका हुन् ।
घटनाको अवस्था र प्रकृतिलाई हेर्दा उनकाे अत्याधिक मादक पदार्थ सेवनबाट ज्यान गएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ । घटनाको मुचुल्का तयार पारी अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीका दुई छोराहरु छन् । उनी कराँते खेलका प्रशिक्षकसमेत रहेकाे बुझिएकाे छ ।