गोंगबुमा गोली चल्यो, हतियारसहित एक जना पक्राउ

| 2019 Jan 22 | 05:56 pm 1510

काठमाडौं, माघ ८  : गाेंगबुस्थित हतियार कारोबारी भएको आशंकामा एकजनालाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि जाईलागेकाे भन्दै प्रहरीले गोली चलाएको छ। मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो।

तामाङको खुट्टामा गोली लागेको छ। प्रहरीले उनको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको जानकारी महानगरीय प्रहरी प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले दिए।

तामाङका साथबाट एक थान पेस्तोल त्यसमा लाग्ने गोलीसमेत बरामद गरेको छ। उक्त घटनाका थप विवरण आउन बाँकी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.