काठमाडौं, माघ १९ अनैतिक क्रियाकलापमा संलग्न रहेका ७३ जनालाई प्रहरीले नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।
गोंगबु नयाँ बसपार्क क्षेत्रमा गएराति सञ्चालन गरेको स्विप अपरेसनका क्रममा ७३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ३७ पुरुष, ३२ महिला र ४ तेस्रोलिंगी रहेको प्रहरीले जानकारी दिएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, लागूऔषध दुर्व्यसनी, वेश्यावृत्ति र मापदण्डविपरीत व्यापार व्यवसाय सञ्चालनमा संलग्न रहेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको महाराजगञ्जका डीएसपी उमेश लम्सालले बताए ।