काठमाडौं, असार १२: काठमाडौं महानगरपालिका-१७ ढल्कुबाट दुर्लभ वन्यजन्तु गैंडाको खाग जस्तो देखिने बस्तु १ थान र सेतो सिसाको पत्थर जस्तो देखिने बस्तु १ थान सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१७ ढल्कु बस्ने गोरखा चुमनुब्री गाउँपालिका-३ सिर्दिबासका ५३ वर्षीय लाल बहादुर गुरुङ, धादिङ महादेववेशि थाक्रे गाउँपालिका-६ का ३३ वर्षीय अष्ट बहादुर थिङ र धादिङ महादेव वेशि थाक्रे गाउँपालिका-११ का ३४ वर्षीय गोबिन्द प्रसाद मोक्तान रहेका छन् ।
लाल बहादुर गुरुङ लगायतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु गैंडाको खाग ५५ लाख रुपैयाँमा बिक्री बितरण कारोबार गरिरहेको छ भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले लालबहादुरको डेराकोठा खानतलासी गर्दा उनीहरुलाई उक्त बस्तु सहित फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दीए ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।