गैँडाले लखेट्दा एक नेपाली सेनाका जवानकाे मृत्यु

| 2022 Mar 17 | 07:48 am 1233

काठमाडौं, चैत ३ः गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका एक नेपाली सेनाका जवान पवन कटुवालको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो ।

निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । घटना बुधबार साँझ ७ः४५ बजेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.