गैँडाको खाग र सालकको खपटासहित चार जना पक्राउ

| 2018 Jul 10 | 06:38 pm 2156

काठमाडौँ, २६ असार नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैँडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी काठमाडौँको विशेष टोलीले उक्त रेष्टुरेंन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले निजहरुलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

त्यस्तै प्रहरीले काठमाडौँकै नयाँ बजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा७९प १७०७ नंको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ । निजहरुलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइने प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.