‘गृहमन्त्रीको एक्सन, बलात्‍कारीलार्इ संरक्षण’

| 2018 Oct 06 | 02:28 pm 1809

काठमाडौं, असोज २० : कञ्नपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको दोषी पत्ता लगाई कारवाही गर्न माग गर्दै राजधानीको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।

निर्मलाका निर्मलाका निम्ति न्याय नामा दिएर गरिएको प्रदर्शनमा कलाकार, नागरिक समाज मानवअधिकारवादी, विद्यार्थीलगायत हजारौं युवाको सहभागिता छ। घटना भएको ३ महिना हुन लाग्दा पनि निर्मलाका हत्यारा पहिचानमा सरकारको लाचारीपन देखिएको, हत्यारा जोगाउन खोजेको भन्दै सरकारलार्इ खवरदारी गरिएको छ।

प्रदर्शनकारीहरुले सडकबाटै गृहमन्त्री र आइजीपीको माग समेत गरेका छन्।

गृहमन्त्रीको एक्सन, बलात्कारीलार्इ संरक्षण, न्याय माग्‍नेलार्इ लाठी बर्साउँछौं, बलात्कारीलाई माया गर्छौ, आइजिपीलाई बर्खास्त गर, प्रमाण नष्ट गर्नेलाई कारबाही गर, सरकार कहाँ चुक्दै छ, बलात्कारी झुक्दै छ , लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरिएको छ। माइतिघरमा भेला भएका प्रदर्शनकारी बानेश्वर पुगेर कोण सभामा परिणत भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.