गृहमन्त्रीका भाइसहित सातै जनाकाे बयान सकियो, थुनछेक जारी

| 2019 Sep 16 | 07:44 pm 1796

काठमाडौं, भदौ  ३० : दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा गरेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेश थापासहित सातै जनाकाे बयान सकिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरुको बयान सकिएको हो ।

सोमबार दिउँसो बयान सकिएपछि अदालतमा थुनछेकको बहस शुरु भएको छ । थुनछेकको बहस सम्भवतः मंगलबार सकिनेछ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो । उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतसँग मिली फिरौती संकलनमा जोडिएको भन्दै नरेशसहित सात जनाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा अगाडी बढाएको हो ।

निर्माण व्यावसायीहरुलाई करोडौं माग्दै धम्क्याएको घटनामा गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई सहयोग गरेको आरोपमा गृहमन्त्री भाइ नरेश कुमार थापा र प्रहरी जवान वीरवल भट्टराईलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध अपराधिक लाभ तथा संगठित अपराध मुद्दा दायर गरिएको छ । प्रहरी जवान भट्टराईले जेलमा गुन्डा नाइके बस्नेतलाई आफ्नो मोबाइल प्रयोग गर्न दिएको खुलेको छ ।

थापा र भट्टराईसहित सिआइबीले पवन खड्का, सुरेन नगरकोटी, शैलेस प्रजापती, विनोद लामा, समिरमानसिंह बस्नेत र मनबहादुर पुनविरुद्ध मुद्दा चलाएको छ ।

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका प्रमुख योजनाकार बस्नेत हाल सुन्धारास्थित जेलमा छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.