गृहमन्त्री श्रेष्ठलाई कालो झण्डा देखाउने ५ जना युवा पक्राउ

| 2023 Aug 27 | 03:11 pm 1953

वीरगन्ज, भदाै १० । जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न वीरगन्ज आइपुगेका गृहमन्त्री नारायण काजी श्रेष्ठविरुद्ध नाराबाजी गरी कालाे झण्डा देखाउने ५ जना युवा पक्राउ परेका छन्।

उनीहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।  आइतबार बिहान हिन्दु स्वयम् सेवक संघका युवाहरुले गौहत्या गर्नेलाई कारबाही नगरेको भन्दै विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए।

पक्राउ पर्नेमा स्थानीय युवा प्रज्वल डंगोल, मुन्ना गुप्ता, विशाल गुप्ता, राजा गुप्ता र जितेन्द्र सर्राफ रहेको हिन्दु स्वयंम सेवक संघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.