गृहमन्त्री थापा – चिनीयाँ राजदूत बीच शिष्टाचार भेट

रिपोर्ट नेपाल | 2019 Jan 30 | 06:22 pm 1348

काठमाडौं, माघ १६  : नेपालका लागि चिनका नवनियुक्त राजदूत होउ यान्छीले नेपालले चिन विरोधी गतिविधि नियन्त्रणका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गरेकी छिन।बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संग शिष्टाचार भेटका क्रममा राजदूत होउ यान्छीले एक चीन नितिप्रति नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत त्यसको निरन्तरताको आग्रह गरेकी हुन्।

गृहमन्त्री थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमिबाट कुनै किसिमका चीन विरोधी गतिविधि हुन नदिइने प्रतिबद्धता जनाएका थिए। साथै थापाले नेपालको सुरक्षा निकायको भौतिक संरचना, उपकरण र तालिममा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि त्यसको निरन्तरताका लागि आग्रहगरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.