गृहमन्त्री उच्च स्तरीय ‘टाक्सफोर्स’ गठन गर्ने तयारीमा

| 2018 Jun 26 | 02:51 pm 2621

काठमाडौँ, १२ असार : गृहमन्त्री रामबहादुर थापाले आफ्नो मातहतमा रहने गरी उच्च स्तरीय ‘टाक्सफोर्स’ गठनको तयारी थालेका छन् ।यसले समान्तर अनुसन्धान निकाय बनाएको भनेर प्रहरी संगठनभित्र असन्तुष्टि पैदा गर्न सक्ने आंशका पनि उत्पन भएको छ । राजनीतिक दबाबबाट मुक्त भएर काम गर्ने गृहमन्त्री थापाले यस्तो योजना बनाउने तयारीमा छन् ।

स्रोतका अनुसार खास–खास मुद्दामा प्रहरी संगठनको अनुसन्धान राजनीति दवावमा आउने देखिएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय महत्वका संवेदनशिल विषयमा छानविन गर्न सक्ने गरी यस्तो ‘टाक्सफोर्स’ को योजना बनाएका हुन् । तर, यो ‘टाक्सफोर्स’ अस्थायी प्रकृतिको हुनेछ । यसले खास–खास मुद्दामा काम गर्नेछ ।

गृहमन्त्रालय स्रोतका अनुसार राजनीतिक दबाबबाट मुक्त रहनेगरी विशेष अनुसन्धान र अप्रेसन (कारबाही) सञ्चालन गर्न उच्च स्तरीय ‘टाक्सफोर्स’ को तयारी गरिएको हो । ३३ किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म राजनीति व्यक्ति प्रक्राउ परेका छैनन् । यसलाई शंकाको दृष्टिले हेरिएको छ । हाल सभामुख रहेका तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करहरुलाई ‘भूरा माछा’ भनेपछि यस्तो तस्करीमा राजनीति नेतृत्व पनि जोडिएको आंशका गरिएको थियो ।

वित्तीय अनियमिता, तस्करी, धोकाधाडी, आपराधिकलगायतका प्रकृतिका मुद्दामा काम गर्ने छ । ‘टाक्सफोर्स’ गठन भयो भने उसलाई राजनीतिक दबाबबाट बचाउने तयारी हुनेछ ।

‘सम्भवत डीआईजीको नेतृत्वमा हुने यस कार्यदल टाक्सफोर्स छिट्टै गठन गरिनेछ । यसका लागि हामी आधारभूत कार्यहरू गरिरहेका छौं । यसले विशेष अनुसन्धान र कारबाहीहरू सञ्चालन गर्नेछ’, गृह मन्त्रालयको स्रोतले बतायाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.