गुल्मेलीकाे दुखाईमा मल्हम लगाउने अभियानमा जुट्न कडेलकाे आग्रह

रिपोर्ट नेपाल | 2020 May 08 | 02:30 pm 5948

काठमाडाैं, बैशाख २६ः विश्वभर काेराेना संक्रमितकाे आतंकले त्राहिमाम भइरहेकाे अवस्थामा नेपाल पनि त्यही दिशामा अघि बढिरहेकाे छ । लामाे समयदेखिकाे लकडाउनका कारण जनजीवन दिन प्रतिदिन आक्रान्त बन्दै गएकाे छ ।

यस्ताे अवस्थामा दिनभर मजदुरी गरेर खाने मजदुर हाेस वा घरबाट निश्चित रकम ल्याएर अध्ययन गर्न बसेका विद्यार्थीहरू ज्यादै मर्कामा परेका छन् । यसै कुरालाई मध्ये नजर राख्दै गुल्मी कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठले काठमाडाैंमा रहेका गुल्मेलीले भाेक भाेकै बस्न नपराेस भन्दै सम्पर्क समिति मार्फत सहयाेग गर्न आग्रह गरे बमाेजिम एउटा समिति गठन भएकाे छ ।

नेपाली कांग्रेस गुल्मी काठमाडाैं सम्पर्क समितिद्वारा संचालित विपद व्यवस्थापन समितिले सहयाेग मुलक कार्यक्रम गर्दै आएकाे छ ।

समितिका संयाेजक युवानेता एवम् बरिष्ठ समाजसेवी याेगराज कडेलले ५५ हजार ५ सय ५५ रूपैयांकाे काेष खडा गरी सुरू भएकाे अभियानले खाद्यन्न अभाव भएका जिल्लाबासीलाई सहयाेग पुर्याउँदै आएकाे छ ।

विपद व्यवस्थापन समितिका संयाेजक कडेलले आफूहरू रूप, रंग र दल नहेरी भाेकाे पेट हर्ने बताएका छन् । संयाेजक कडेलले ज्यान बच्याे भने पार्टी र संघ संस्था हेराैंला पहिला ज्यान त बचाउँ त्यसका लागि हातेमालाे गर्न आग्रह गरेका छन् ।

त्यस्तै याे महामारी बारे जनातालाइ चेतनशिल बनाउन पनि व्यवस्थापन समितिकाे कर्तव्य महसुस गरी बैशाख २७ गते अपरान्ह १ बजे सरूवा राेग विशेषज्ञ डा शेरबहादुर पुनसँग आफ्ना जिज्ञासा राख्न र त्यस विषयमा जानकारी लिनका लागि जुम बैठकमा जाेडिनका  लागि पनि संयाेजक कडेलले सबैसँग आग्रह गरेका छन् ।

संयाेजक कडेलले यस्ताे अवस्थामा सहयाेग गर्नु भनेकाे महायज्ञ गरेभन्दा बढी पुण्य कमाई हुने भएकाले दानवीरहरूलाई याे अभियानमा सहभागी हुन समेत आग्रह गरेका छन् ।

धन हुनेले धन नहुनेले मन र समर्थन गरी उपत्यकामा बस्ने गुल्मेलीकाे दुखाईमा मल्हम लगाउन समेत आग्रह गरेका छन् । अभियानमा अहाेरात्र लागि परेका सहयात्री साथीहरूलाई समेत उनले धन्यवाद दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.