गुल्मेली पहिरो पीडितलाई गोविन्द रिजालको सहयोग

रिपोर्ट नेपाल | 2019 Jul 30 | 05:13 pm 4896

काठमाडौं, साउन १४:  आफू जहाँ भए पनि आफू जन्मीएको ठाउँ स्वर्ग सरह हुन्छ र त्यहाँका दाजुभाई एउटै परिवारका सदस्य सरह हुन्छन भन्ने महसुस मुग्लानमा भएका नेपालीले गर्छन भन्ने कुरा हाल जापानमा रहेका गोविन्द रिजालले प्रमाणित गरेर दखाइदिएका छन् ।

गत साउन ६ गते राति सत्यवती गाउँपालिकाका जनताको दुश्मन र काल बनेको भीषण पहिरोले ज्यान गुमाएका परिवार प्रति श्रद्धाञ्जली अर्पण गर्दै हाल जापानमा रहेका गोविन्द रिजालले पहिरो पीडितलाई आफू सक्दो मलम लगाउन १० हजार रुपैयाँ सहयोग गरेका छन् ।

रिपोर्ट नेपाल डटकमको आग्रह बमोजिम तन्दुरी किचन नायोगा जापानमा चलाएका रिजाल नेपालमा रहँदै गर्दा पनि सामाजिक रुपमा परिचित व्यक्ति हुन् गुल्मीको मुसिकोट नगरपालिका ६ कुर्घामा बाबु रेशमलाल रिजाल र आमा रोमादेवी रिजालका सन्तानका रुपमा जन्मीएका गोविन्द दिन दुःखीको सेवा गर्न रुचाउने व्यक्ति थिए ।

मरेर जाँदा हड्डी र छाला बाहेक केही लैजाने होइन यस्तै विपत्तिमा परेका नेपालीलाई आफू सक्दो सहयोग गर्न पाउनु भाग्यको कुरा भएको रिजालको भनाई छ । यस्ता मनकारी रिजालको उज्वल भविष्यको कामना गर्दैछौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.