गुल्मीमा २ सय ८९ जनामा एचआइभी संक्रमित

रिपोर्ट नेपाल | 2020 Mar 13 | 12:18 pm 1757

गुल्मी, फागुन ३०: गुल्मी जिल्लामा २ सय ८९ जनामा एचआइभी संक्रमित रहेको तथ्यांकले देखाएको पाइएको छ।

संक्रमित तीमध्ये सबैभन्दा बढी सत्यवती गाउँपालिकामा रहेको बताइएको छ। उक्त गाउँपालिकाका ५२ जनामा एचआइभीको संक्रमण देखिएको हो।

यस्तै, जिल्लाका अन्यमा रुरुक्षेत्र गाउँपालिकामा ३५, छत्रकोटमा २८, गुल्मीदरबारमा १६ जनामा एचआइभी संक्रमित रहेको तथ्यांक संकलन गर्ने संस्थाले जानकारी दिएको छ।

इस्मामा १८, धुर्कोटमा २२, मालिकामा १५, मदानेमा १३, कालीगण्डकीमा चार, चन्द्रकोटमा २०, रेसुङ्गा नगरपालिकामा २८ र मुसिकोट नगरपालिकामा ३८ जनामा एचआइभी संक्रमित रहेको गैरसरकारी संस्था हाम्रो जीवन प्लस गुल्मीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.