गुल्मीमा तीन जनाको शव फेला

रिपोर्ट नेपाल | 2019 Nov 02 | 03:16 pm 1408

गुल्मी, कात्तिक १६: शनिबार गुल्मीमा तीन जनाको शव फेला परेको छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ३, पोखरीमा अन्दाजी २७ वर्षीया एक महिला र दुई जना बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंंह खड्काले बताए ।

घटनाको स्थलगत अध्ययन र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलसहितको टोली पठाइएको खड्काले बताए । फेला परेका शवलाई पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम तम्घास ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

शवको पहिचान खुल्न भने बाँकी नै रहेको प्रहरीले जनाए । घटनास्थल सरमुकाम तम्घासबाट साढे ५ घन्टाको सवारी दूरीमा रहेको प्रहरीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.