गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणी भण्डारीको निधन

| 2019 Apr 11 | 10:19 am 2837

काठमाडौं, चैत्र २८ : गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ च्यानडाँडाँ नेटामा लु १ ख १९५७ को जिप दुर्घटना हुँदा दुइ जनाकाे निधन  भएको छ भने आठ जना घाइते भएका छन् । रिपोर्ट नेपाललाई गुल्मीबाट नेपाल प्रेस युनियनका अध्यक्ष रेसम कुँवरले दिएको जानकारी अनुसार दुर्घटनामा पूर्वसांसद रुद्रमणी शर्मा भण्डारी सहित दुई जनाको निधन भएको छ ।

बुधबार नेपाल दलित संघका जिल्ला उपाध्यक्ष टेकबहादुर विकको सातौं दिनको पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका नेता भण्डारी नेटाबाट तमघास आउँदै गर्दा जिप दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको यो समाचार तयार पार्दासम्म नाम खुल्न सकेको छैन । आठ जना घाइतेको विषयमा पनि विस्तृत विवरण आउँन बाँकी रहेको छ । घटनाकाे जानकारी  पाउनसाथ नेपाली काँग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, पूर्वसभापति त्रैलाेक्यप्रताप सेन, सचिव खिलध्वज पन्थी लगायतका नेता कार्यकर्ता घटनास्थल तर्फ लागेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.