गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ 

रिपोर्ट नेपाल | 2021 Sep 29 | 08:31 pm 2609

  • सन्तोष महतारा

गुल्मी, असोज १३ः गुल्मीमा चितुवाको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको छत्रकोट गाउँपालिका ३ मा रहेको घिमिरे होटल एण्ड लजबाट २ जनालाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चितुवाको छालाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा लुम्बिनी प्रदेश ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा होटलको कोठाबाट छत्रकोट गापालिका २ भेडुवाका गणेश खनालका २७ वर्षीय छोरा सुमन खनाल र सोही ठाउँका मोतिलाल सार्कीका  ३१ वर्षीय छोरा हरि बहादुर सार्कीलाई चितुवाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको हो ।

पक्राउ परेका २ जनालाई  आवश्यक कार्बाहीको लागी सब(डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.