गुल्मी, साउन १८: दुबीचौरको भंगेरी खोलामा गएको पहिरोको कारण सडक अवरुद्ध भई अलपत्र परेकी एक गर्भवती महिलालाई सशस्त्र प्रहरीको टोलीले उद्वार गरी अस्पताल पठाएको छ ।
गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका ७ मेलडाँडा बस्ने करीव २७ वर्षिया रिता कार्की नाम गरेकी ती महिला साउन १७ गते विहान रेसुङ्गा नगरपालिका १३ मा बाटो अवरोध भई अलपत्र परेकी थिईन ।
वर्षाको कारण त्यसठाउँमा पहिरो खसेर गुल्मी जिल्लाको रिडीबाट तम्घास जाने राजमार्ग अन्तर्गत भंगेरीखोला भन्ने स्थानको सडकखण्ड अवरोध भएको थियो । त्यसठाउँमा माथिबाट पहिरोको लेदो खसेर सडक माथि करीव पाँच फिट लेदो जम्मा भई बाटो अवरोध भएको थियो ।
विहान करीव पौने चार बजे सशस्त्र प्रहरी बल नेपाल गुल्म हेड क्वाटर गुल्मी, नम्बर ३७ गुल्मको इमिडियट रेस्पोन्स टिमलाई सो बारे खबर प्राप्त हुनासाथै करीव दुई किलोमिटर टाढा रहेको त्यसठाउँमा तत्काल एपीएफ टोली खटिएको थियो ।
सो लगत्तै सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश बहादुर रायमाझीको कमाण्डमा करीव ४० जनाको एपीएफ टोली समेत बाटो अवरुद्ध भएको ठाउँमा पुगेर उद्वार कार्यमा जुटेको थियो ।
घरबाट एम्बुलेन्स चढेर गुल्मी जिल्लाको सदरमुकाम तम्घास स्थित जिल्ला अस्पताल जान लागेकी ती महिला पहिरोको कारण अलपत्र परेपछि एपीएफ टोलीले स्टे«चरमा बोकेर पहिरोको लेदोले अवरुद्ध सडकखण्ड पार गरी पारिपट्टि पु¥याएको थियो ।
एपीएफ टोलीले तमघास अस्पताललाई खबर गरी एम्बुलेन्स बोलाएइ करीव नौ किलोमिटर टाढा रहेको तमघास अस्पताल पठाएको हो ।