गुल्मीमा कृषि ज्ञान केन्द्र कार्यालयको स्थापना

रिपोर्ट नेपाल | 2018 Sep 13 | 06:13 pm 2573

गुल्मी, भदौ २८: प्रदेश नम्बर ५ कै पहिलो कृषि ज्ञान केन्द्रको कार्यालय गुल्मी मा स्थापना भएको छ । गुल्मी जिल्लाका २ नगरपालिका र १० गाउँपालिकालाई कृषि सम्बन्धी विशेषज्ञ सेवा र ल्याब सम्बन्धी सेवा दिने गरि कार्यलय स्थापना भएको कार्यलयका प्रमुख चक्रपाणी पन्थीले जानकारी दिए । साविकको जिल्ला कृषि विकास कार्यालयमा कार्यलय रहने गरी कृषि ज्ञान केन्द्रको स्थापना गरिएकाे बताए ।

कार्यालय स्थापनाको शुभकामना मन्तव्य दिदै गर्दै प्रदेश नम्बर ५ का सभासद् कमल श्रेष्ठले अहिले गुल्मेलीहरुले गरेको कृषिलाई निर्वाहमुखी नभई व्यवसायीक रुपमा कृषि र पशुपालन गर्नका निम्ति थुप्रै संभावनाहरु भएकाले ती संभावनाहरुलाई भरपुर प्रयोग गरि युवाशक्तिहरुलाई व्यव्सायिक बनाई स्वदेशमा नै रोजगारको सृजना गर्न सकिने गरि प्रदेश सरकार लागिरहेको दाबी गरे ।

अर्को एक फरक प्रसङ्गमा श्रेष्ठले पछिल्लो समयमा सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नाराको सन्र्दभमा अधिकारहरु कटौती भए भन्ने चर्चा चलिरहेका बेला र साविकका कार्यालयहरु खारेज भएका कार्यालयहरुको सेवा लिनका लागि पनि जिल्लाबाट अन्य जिल्ला जान नपर्ने गरि प्रदेश सरकारले व्यवस्था गर्नेगरी कार्य गरेको बताए ।

कृषि ज्ञान केन्द्र गुल्मीमा ५ अधिकृत सहित १५ जना कर्मचारीहरुको दरबन्दी रहेको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.