गुल्मीमा कफी दिवसको अवसरमा कफीका बिरुवा रोपण

रिपोर्ट नेपाल | 2018 Oct 02 | 05:34 pm 2398

गुल्मी, असोज १६ : कफीका लागि प्रशिद्ध जिल्ला गुल्मीको भण्डारी डाडामा चौथो अन्तराष्ट्रिय कफी दिवसको अवसरमा कफीका बिरुवा रोपण गरिएको छ ।

कफी अनुसन्धान कार्यक्रम रुरु गाउँपालिका वडा नं ४ भण्डारी डाडामा मनसुन पश्चात कफि रोपण , भारतबाट ल्याईएको बिरुवाको परिक्षण रोपण गरिएको कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख कृष्ण बहादुर थापाले जानकारी दिए ।

दिवसको अवसरमा पत्रकार महासंघ गुल्मी शाखा ब्लक र उद्योग वाणिज्य संघ गुल्मीको ब्लकमा २८ , २८ वटा चन्द्रगिरी नामक कफीका बिरुवाहरु रोपण गरिएको हो ।

भण्डारी डाडामा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल र प्रहरी उपरिक्षक दिपक बस्नेतले पनि कफिका बिरुवा रोपण गरेका थिए । दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गुल्मी जिल्ला कफी उत्पादन र कफीकै नामबाट व्यवसायिक रुपमा चिनाउनका लागि अनुसन्धान केन्द्रले किसानहरुलाई कफीको महत्व संगै कफीमा लाग्ने रोग र समाधानका बारेमा अनुसन्धान गरि अगाडी बढ्न सुझाब समेत दिएका थिए ।
फोटो फिचर

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.