गुल्मी, असोज १६ : जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नंम्बर ७ रुपाकोट बोटेगाउँको बडिगाड खोलामा एक महिला मृत अवस्थामा फेला परेको छ ।
रिपोर्ट नेपाललाई प्राप्त जानकारी अनुसार असोज ११ गते घरबाट हिडेकी गुल्मी दरबार गाउँपालिका वडा नं ३ गौडाकोटकी ५० बर्षीय साबित्रा पुवारे मगर बडिगाड खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक शिव बहादुर खत्रीले जानकारी दिए ।
उक्त महिला फेला नपरेपछि स्थानीयहरुले खोजी गरिदिन भनी जिल्ला प्रहरी कार्यलय गुल्मीमा खबर गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा मृत अवस्थामा सोमबार फेला पारेको जानकारी दिए ।
सो शवलाई पोष्टमार्टमका लागि आज मंगलबार बिहान जिल्ला अस्पताल गुल्मीमा लगिएको छ ।