गुल्मीका स्थानीय तहमा, कुल बजेटको ३० प्रतिशत बजेट फ्रिज हुँदै

रिपोर्ट नेपाल | 2019 Jul 09 | 11:36 pm 2696

  • सन्तोष महतारा

गुल्मी असार २४: गुल्मीमा अहिलेसम्म औसतमा पुजीँगत तर्फ ६९.७५ प्रतिशत र चालुतर्फ ८१ प्रतिशत बजेट भुक्तान भएको छ ।

मालिका गाउँपालिकाले अहिलेसम्म चालु बजेटतर्फ ७० प्रतिशत बजेट भुक्तान गरिसकेको छ । भने पुजिगँत तर्फ ५५ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारीले जानकारी दिए । साथै पुजिगँत बजेट भुक्तानलाई ७० प्रतिशत पुर्याउने उनले बताए ।

बाँकी बजेट आउँदो आर्थीक बर्षको निति तथा कार्यक्रममा जोडिने छ भने चालु तर्फको बजेट भने फ्रिज हुने मालिका गाउँपालिकाले जानकारी दिए ।

रेसुङ्गा नगरपालिकाले अहिलेसम्म पुजिगत तर्फ ८० प्रतिशत बजेट भुक्तान गरेको छ भने चालुतर्फ ८५.१२ प्रतिशत बजेट भुक्तान गरेको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनिले जानकारी दिए ।

मुसिकोट नगरपालिकाले भने असार १५ सम्म मात्रै बजेट भुक्तान गरेको तथ्यांक भएको जानकारी दिएको छ । असार १५ सम्म चालुतर्फ ८९ प्रतिशत बजेट भुक्तान गरेको नगरपालिकाले पुजिँगत तर्फ भने ७८ प्रतिशत भुक्तानी गरेको लेखा प्रमुख निरन्जन ज्ञवालीले जानकारी दिए ।

त्यस्तै सत्यवति गाउँपालिकाले भने पुजीँगत तर्फ ८० प्रनिशत बजेट भुक्तान गरेको छ । चालु बजेटतर्फमा ९० प्रतिशत बजेट भुक्तान गरिसकेको गाउँपालिका लेखाप्रमुख युवराज सलामीले जानकारी दिए ।

चन्द्रकोट गाउँपालिकाले पनि अहिलेसम्म पुजिँगत तर्फ ६५ प्रतिशत बजेट भुक्तान गरेको छ । चालुतर्फको बजेटमा ८०.८८ प्रतिशत बजेट भुक्तान गरिसकेको गाउँपालिका लेखा प्रमुख बाबुराम भुषलले जानकारी दिए।

मदाने गाउँपालिकाले पनि अहिलेसम्म पुजिँगत तर्फ जेठमसान्तसम्म ८३ प्रतिशत र चालुतर्फ ८८ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा प्रमुख बसन्त भट्टाईले जानकारी दिए । गाउँपालिकाले असारमा कति बजेट भुक्तान गर्यो भन्ने एकिङ तथ्यांक छैन ।

धुर्कोट गाउँपालिकाले अहिलेसम्म पुजिँगत र चालु दुवैतर्फ बराबर ७० प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा प्रमुख शिव हरि खनालले जानकारी दिए।

त्यस्तै छत्रकोट गाउँपालिकाले गएको जेठ १६ सम्म चालुतर्फ ७६ प्रतिशत र पुजिँगत तर्फ ६५ प्रतिशत बजेट भुक्तान गरेको छ । त्यसपछि को तथ्यांक भने एकिङ नभएको गाउँपालिका लेखा प्रमुख प्रेमलाल भण्डारीले जानकारी दिए ।

गुल्मीदरवार गाउँपालिकाले जेठ मसान्तसम्म ६० प्रतिशत पुजिँगत र ७८ प्रतिशत चालुतर्फ भुक्तान गरेको गाउँपालिका लेखा शाखा प्रमुख कृतिप्रसाद अधिकारीले जानकारी दिए ।

पुजिँगततर्फ मात्रै ६० प्रतिशत बजेट भुक्तान दिइसकेको रुरु गाउँपालिकाले चालु तर्फ अहिलेसम्म ७९ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा शाखा प्रमुख हरि कडेँलले जानकारी दिए।

कालीगण्डकी गाउँपालिकाले पनि अहिलेसम्म पुजिँगत तर्फ ८७.३५ प्रतिशत र चालुतर्फ ८२.५८ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालकिा लेखा शाखा प्रमुख हरि बहादुर थापाले बताउनुभएको छ ।

साथै अहिलेसम्म इस्मा गाउँपालिकाले पुजिँगततर्फ मात्रै ५४ प्रतिशत बजेट भुक्तान गरेको छ भने चालुतर्फ ८०.३६ प्रतिशत बजेट भुक्तान गरेको गाउँपालिका लेखा प्रमुख मनोज भण्डारीले जानकारी दिए।

स्थानिय तहका जनप्रतिनिधि तथा कर्मचारीले एक रुपैँया पनि फ्रिज नहोस् भन्ने चाहान्छन् । भुक्तानि दिन भने चालुतर्फको एकदिन मात्रै बाँकी छ तर अझै कुल बजेटको २० प्रतिशत बजेट भुक्तान गर्ने बाँकी रहेको स्थानीय तहको तथ्यांकमा उल्लेख छ ।

पुजिँगत भने भुक्तान दिन मिल्ने समय अब एक हप्ता छ । तर कुल बजेटको ३० प्रतिशत भुक्तान गर्नै बाँकी रहेको तथ्यांकमा उल्लेख छ ।

बाँकी दिनमा कति भुक्तान दिन सक्छन् भन्ने कुनै आधार छैन । तर चालुतर्फको भने धेरै बजेट फ्रिज हुने देखिन्छ । पुजिँगत तर्फको भने रहेको ३० प्रतिशत आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटिने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.