गुल्मी २ (ख) मा बुद्धी जिसीकाे पल्लाभारी

| 2022 Oct 20 | 01:31 pm 2353

गुल्मी, कात्तिक ३ः आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशकाे निर्वाचनका लागि देशभर दलहरु र स्वतन्त्र उम्मेदवारहरू जनताकाे घर दैलाेमा आ–आफ्ना एजेण्डा लिएर पुगेका छन् । यसै क्रममा गुल्मी जिल्लाकाे क्षेत्र नं. २ (ख) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बुद्धी जिसी चुनावी मैदानमा उत्रिएका छन् भने नेकपा एमालेबाट दिनेश पन्थी मैदानमा सकृय छन् । एमाले उम्मेदवार पन्थी यस अघि नेकपा माओवादीबाट प्रदेश सभासद् भएका थिए । नेकपा माओवादी नेकपाबाट अलग हुँदा पन्थी एमालेमा गएका थिए ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका जिसी पार्टीकाे जिल्ला समन्वय समिति, गुल्मीको संयोजक समेत रहेका छन् । ०४७ साल देखि तत्कालिन मोटो मसालनिकट विद्यार्थीको भनभनेस्थित दिपक माविको अध्यक्ष भई राजनीतिक यात्रा सुरु गरेका जिसी युवा बीच लाेकप्रीय मानिन्छन् । ०४८ मा नेकपा एकता केन्द्रको पार्टी सदस्यता लिएका जिसीले ०४९ देखि ५३ सम्म अखिल (क्रान्तिकारी) गुल्मीको दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका थिए ।

जनयुद्धको प्रचार गर्ने क्रममा अर्घाखाँचीबाट गुल्मी आउँदै गर्दा मदानेको बाँझकटेरीबाट प्रहरीले पक्राउ परी २९ दिन हिरासतमा बसेका जिसी पहिलाे पटक चुनावी मैदानमा उत्रिएका छन् । नेता जिसी अखिल भारत नेपाली एकता समाज, नेपाली जनअधिकार सुरक्षा समिति, पार्टीको राज्य समिति सदस्य, केन्द्रीय सदस्य लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रही क्रियशिल रहेका युवा नेता हुन् । सादा जिवन उच्च विचारलाई आत्मसात गरेका जिसीका अगाडि एमाले उम्मेदवार पन्थी फिक्का देखिएका छन् । पछिल्लो समयमा नेकपा एमालेसँग पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा उनी प्रस्तावित जिल्ला सचिवको रुपमा नौ महिना काम गरेका थिए ।

नेता जिसीलाई गत चैत ०२ गते बसेको माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीको बैठकले गुल्मी जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी प्रदान गरेको थियो ।

नेकपा एकीकृत माओवादी एवम् माओवादी केन्द्रको विभिन्न जिम्मेवारीमा रहदा उनले जिल्लाको विकासको लागि सकृयताका साथ लागेका जिसी यसै कारणले पनि जनताकाे प्रिय नेता बन्न सफल भएकाे कुरा स्थानीय बासी बताउँछन् । धुर्कोट गाउँपालिका –२ पिलधारास्थित ज्ञानोदय मावि र दिपक माविको मावि स्वीकृत गराउने लगायतका काम गरेका जिसीले मदाने, मालिका, मुसिकोट लागायतका विभिन्न क्षेत्रका सडक, खानेपानी, विद्यालयका पूर्वाधार लगायतका काममा भूमिका खेल्दै आएका छन् । यसरी बुद्धि जिसी प्रदेश सासंदको उम्मेदवार मात्र नभएर परिवर्तनका संवाहक एवम् विकासका पहरेदार भएकाे चुनाव प्रचारप्रसार समितिमा रहेका एक कार्यकर्ताले रिपाेर्ट नेपाललाई बताए।

प्रदेशलाई समृद्ध बनाउदै युवालाई राेजगारी दिलाउने आफ्नाे सपना भएकाे जिसीले मतदाता समक्ष प्रतिबद्धता जनाएका छन् । निर्वाचित भइसकेपछि विभिन्न सडक कालाेपत्रे गर्ने, खानेपानीको सहज पहुँच, गुणस्तरिय शिक्षा लगायतका बिषयलाई प्राथमिकताका साथ काम गर्ने जिसीकाे प्रतिबद्धता रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.