मेयरमा असफल भएका भुसाल प्रदेशका उम्मेदवार

गुल्मी २ (क) मा कसले मार्ला बाजी ?

रिपोर्ट नेपाल | 2022 Oct 15 | 03:19 pm 5517

गुल्मी, असोज २९ः आगमी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचन नजिकिए सँगै राजनीती बजार बिस्तारै तात्न थालेको छ ।

विगतका निर्वाचन भन्दा छुट्टै किसिमले तातिएको यो निर्वाचनमा मतदाताले दल भन्दा पनि सक्षम उम्मेदवारलाई मतदान गर्ने संकेत देखिएको छ । गुल्मी जिल्लाको क्षेत्र नम्बर २ को (क) मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ चुनावी मैदानमा छन् भने एमालेबाट निर्माण व्यवसायी तथा अन्य विभिन्न पेशा र व्यवसायमा सकृय डिल्लीराज भुसाल चुनावी मैदानमा उत्रिएका छन् ।

भुसाललाई एमालेले राजनीतिज्ञका रुपमा भन्दा पनि पैसा खर्च गरेर चुनाव जित्न सक्ने अनुमानमा टिकट दिएको छ भने नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठ राजनीति बाहेक अन्य कुनै पेशा नभएका मध्ययम परिवारका सदस्य हुन् ।

एमालेबाट उम्मेदवार बनेका भुसाल यस अघि रेसुङ्गा नगरपालिकाका मेयर हुन् । भुसालको पाँच वर्षे कार्यकाल असफलतामा बितेको थियो । कोभिड १९ ले संसार अतंकित भएका बेला तत्कालिन मेयर भुसालले नगरपालिकाको गाडी आफ्नौ वपौती जस्तै गरी प्रयोग गरेका थिए ।

जनता बिरामी भएर एम्बुलेन्स नपाउँदा समेत भुसालले एकजना जनतालाई नगरको गाडी प्रयोग गर्न दिएनन् । महामारीका समयमा जनप्रतिनिधि जस्तो व्यक्ति एक दिन फिल्डमा देख्न नपाएको स्थानीय जनताको भनाई छ । आफ्नो निजी निवासको पर्खाल भित्र र काठमाडौंमा मात्रै बसेका भुसाललाई एक दिन जनताले अस्पतालमा बिरामीको गतिविधि बुझ्न गएको देख्न पाएनन् ।

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्रेष्ठ २०४२ साल देखि निरन्तर राजनीतिमा सकृय व्यक्ति हुन् । २०४६ को ऐतिहासिक जनआन्दोलन पछि सम्पन्न पहिलो स्थानीय निर्वाचनमा २५ वर्षको कलिलो उमेरमै सदरमुकाम तमघास गाविसको अध्यक्ष बनेका श्रेष्ठ दोस्रो निर्वाचनमा समेत जनताबाट अनुमोदित नेता हुन् ।

तत्कालिन गाविस अध्यक्षकै पहलमा तमघासमा रहेका सबै मोटर बाटो खुलेको धुर्व सतयलाई ढाक्न नहुने स्थानीयबासी बताउँछन् । खानेपानीको हाहाकार रहेको तमघासमा नेपालमै पहिलो लिफ्टीङ खानेपानीबाट जनतालार्ई पानीको अभाव मेटाउन सफल युवा नेता श्रेष्ठ विकासप्रेमी नेताका रुपमा परिचित छन् ।

२०५० सालमा नेविसंघको छैठौं अधिवेशन तयारी समितिका संयोजक बनेका श्रेष्ठ नेपाल तरुण दलको गुल्मीका संस्थापक अध्यक्ष समेत रहेका थिए । नेपाली कांग्रेसको झापा अधिवेशन देखि अनवरत महाधिवेशन प्रतिनिधि रहेका श्रेष्ठ नेपाली कांग्रेस गुल्मीको सचिव, उपसभापति हुँदै सभापति भईसकेका विशुद्ध राजनीतिज्ञ हुन् ।

हाल लुम्बिनी प्रदेशका उपसभापति रहेका श्रेष्ठले विकासको मोडेललाई आमुल परिवर्तनको नारा बनाएका छन् । राजनीतिलाई पेशा बनाएका व्यक्ति समाजसेवामा लिप्त रहन्छन् भने फाइदाका लागि ठेकेदार र व्यवसाय गर्नेले फाइदाकै राजनीति गर्ने कुरा गुल्मेली मतदाताले राम्रोसँग निश्चय जानेकै हुनुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.