काठमाडाैं, असोज २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र बहादुर केसीले आजको आवश्यकता आपसी एकतालाई मजबुद बनाइ प्रजातान्त्रीक धारलाई बलियो बनाउनु पर्ने बताएका छन् ।
नेपाली कांग्रेस गुल्मी काठमाडाैं सम्पर्क समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा नेता केसीले प्रजातन्त्र विरोधी शक्ति सलबलाई रहेको यो अवस्थामा नेपाली कांग्रेस एक ढिक्का हुनुपर्ने कुरामा जोड दिएका थिए । सम्पर्क समितिका सभापति ज्ञान बहादुर कार्कीले संचालन गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद धनेन्द्र कार्की, नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति सुरेशचन्द्र भुसालले शुभकामना मन्तव्य राखेका थिए ।