काठमाडौं, जेठ ८: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा स्थायी घर भई काठमाडौं उपत्यकामा विभिन्न पेशामा आबद्ध लोकतन्त्रवादीहरु एकजुट हुने भएका छन् ।
मुसिकोट नगरपालिका अन्तर्गत अर्लाङकोटबाट नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि रहेका कृष्ण प्रसाद सापकोटाका अनुसार नगरका कांग्रेसलाई एकजुट बनाई संगठन विस्तार गर्ने उद्देश्यले सम्पर्क समिति बनाउन लागिएको हो ।
जेठ ११ गते थापाथलीको एभरेष्ट कलेजमा बिहान साढे सात बजे भेला बोलाइएको छ । नेपाली कांग्रेस मुसिकोट नगरपालिकाद्वारा आव्हान गरिएको उक्त भेलामा उपस्थिती हुन आग्रह गरिएको छ । शनिबार बिहान साढे सात बजे बोलाइएको भेलाले संस्थापक नयाँ समितिको चयन गर्ने सापकोटाले बताए ।