गुल्मी मालिकाको दश बुदे सामुहिक प्रतिबद्धता

| 2021 Apr 25 | 08:56 am 2065

सन्तोष महतारा
गुल्मी बैशाख १२ : गुल्मीको मालिका गाउँपालिकाले दोस्रो चौमासिक समिक्षा गोष्ठी गरेको छ । गाउँपालिकाले गाउँपालिकाका हरेक क्रियाकलापको सम्बन्धमा छलफल गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
गोष्ठीमा प्रत्येक वडाका सचिवले योजना तथा कार्यक्रमको प्रगती पेश गरेका छन् । गाउँपालिकाका शाखाहरुले पनि योजना तथा कार्यक्रमको सम्बन्धमा प्रगती बिवरण पेश गरेका थिए । योजना तथा कार्यक्रम कार्यान्वयनका लागि देखिएका समस्या, चुनौती र समाधानका सम्बन्धमा गाउँपालिका अध्यक्ष रित बहादुर थापा, उपाध्यक्ष देवा अर्याल, प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारी सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरु बिच छलफल भएको हो ।

गोष्ठी चालु आर्थीक २०७७÷०७८ मा निर्माण गरिएका निति तथा कार्यक्रममा केन्द्रित थियो । गाउँपालिकाले चालु आर्थीक २०७७÷०७८ मा ९९ नितिहरु बनाएको छ । जसमध्ये २१ वटा निति पुर्ण रुपमा कार्यान्वयन भएको गाउँपालिकाले जनाएको छ । ५० वटा निति कार्यान्वयनको अन्तिम चरणमा पुगेका छन् । १८ वटा निति असार मसान्तसम्म कार्यान्वयन हुने प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताएका छन् । बाँकी १७ वटा निति आगामी आर्थीक वर्षमा कार्यान्वयन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अहिलेसम्म चालु अर्थीक वर्षमा चालु बजेट तर्फ ४८ प्रतिशत खर्च गरेको छ । पुजीँगत तर्फ २४ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चौथो समीक्षा गोष्ठीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले सामुहिक प्रतिबद्धता गरेका छन् । आफुहरुले १० बुदेँ प्रतिबद्धता जाहेर गर्दै गाउँपालिकाको हरेक क्रियाकलापमा प्रतिबद्ध रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

१० बुदेँ सामुहिक प्रतिबद्धता

म मालिका गाउँपालिकाले बनाएको निती तथा कार्यक्रम कार्यान्वयनका लागि उत्तरदायी, जवाफदेही प्रण तरिकाले प्रतिबद्ध रहने छु ।

गाउँपालिकाको सर्वाङ्किण विकासको लागि आवश्यक निती तथा कार्यक्रममको तर्जुमा कार्यान्वयन अनुगमन र मुल्याङ्कनमा मेरो भुमिकालाई पहिचान गरी अर्थपुर्ण कामयाबी र हस्तक्षेपकारी रुपमा उपस्थित जनाउने छु ।

मेरो भुमिकालाई गाउँपालिकाको समृद्ध र बिकासमा सकारात्मक सृजनशील र रचनात्मक हुने गरी प्रयोग गर्ने छु ।

विद्यमान समयमा देखिएको कोभिड १९ महामारीको ब्यबस्थापनमा मेरो भूमिकालाई सम्मानित रुपमा सक्रिय पारी परिवार टोल समाजलाई समेत सुरक्षित राख्ने छु । गाउँपालिकाले तय गरेको कोभिड १९ को ब्यवस्थापन कार्यक्रमको कार्यान्वयमा उत्तरदायी र जवाफदेही रहने छु ।

समृद्ध मालिका र खुसी मालिका बासीको अवधरणालाई ध्यानमा राखी सुशासन कायम गर्न पारदशी रुपमा सम्पुर्ण गतिबिधि र क्रियाकलापलाई संचालन गरी नागरिकको सन्तुष्टीमा केन्द्रित रहने छु ।

योजना तथा कार्यक्रमको कार्यान्वयमा हुन सक्ने सम्भावित अनियमितताको पूर्ववत् रुपमा पहिचान गरी प्रभावित र दिगो रुपमा कार्यान्वयको लागी सक्रिय रहनेछु ।

मेरो परिवार मेरो टोल मेरो समुदाय मेरो समाज भित्र रहेका परम्परागत सोच अन्धबिश्वास मदिरा सेवन मुद्दा मामिला लगायतका कुरुतीलाई अन्त्य गर्नको लागि मेरो भूमिकालाई सक्रिय पार्दै सदाचारयुक्त समाज निर्माण गर्ने छु ।

गाउँपालिका भित्रका बिकासका सम्भावनाहरुको पहिचान र कार्यान्वयमा आवश्यकता अनुसार सम्बन्धित पक्ष संग अन्तरक्रिया गर्ने छु ।

सुविधा बञ्चित नागरिक, वर्ग र समुदायको आधारभूत खाद्य सुरक्षाको सुनिश्चितता साथै सुरक्षित आवास र न्युनतम रोजगारीको माध्यमबाट सामाजिक न्यायको सिद्धान्तमा आधारित समतामुलक समाज निर्माणमा कार्य गर्ने छु ।

मेरो गाउँपालिकाको सार्वजनिक सम्पत्तीको रक्षा प्राकृतिक स्रोत र साधनको दिगो प्रयोगलाई ध्यान दिई सचेत, जिम्मेवारी र उत्तरदायीपुर्ण नागरिकको भूमिका निर्वाह गर्ने छु ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले गरेको सामुहिक प्रतिबद्धता पत्रमा प्रतिबद्धताहरु म्न बचन र कर्मले पुर्ण रुपमा कार्यान्वयन गर्नेछौं भनी हस्ताक्षर गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.