गुल्मी चन्द्रकोट काठमाडौं सम्पर्क समितिकाे अध्यक्षमा लक्ष्मण भण्डारी चयन

| 2022 Mar 24 | 04:30 pm 2869

काठमाडौं, चैत १०ः नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति चन्द्रकोट गाउँपालिकाको प्रथम अधिवेशन गत चैत
५ गते भब्यताका साथ सम्पन्न भएको छ। काठमाडौंमा आयोजित उक्त अधिवेशन संयोजक उत्तम अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो ।

उक्त अधिवेशनमा गठित निर्वाचन समितिले गुल्मी चन्द्रकोट काठमाडौं सम्पर्क समिति गठन गरेको छ । समितिको अध्यक्षमा लक्ष्मण भण्डारी सर्वसम्मतिले चयन भएका छन्।

समितिको उपसभापतिमा मीन प्रसाद अर्याल र सरोज भण्डारी, सचिवमा सुजन थापा, सन्तोष पुन, सहसचिवमा अमृत न्यौपाने र कोषाध्यक्षमा कृष्ण प्रसाद विश्वकर्मालाई निर्वाचित गरेको छ। समितिको सदस्यमा रामकृष्ण अर्याल, बालकृष्ण अर्याल, अनिष गौतम, भेषराज सुवेदी, कुसुम खत्री, कुमार पौडेल, सरिता खत्री, पूर्ण बहादुर हमाल, शिव कुमार थापा चुनिएका छन्।

अधिबेशनले नेपाली कांग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिको अधिबेशनको लागि पालिका प्रतिनिधि समेत चयन गरिएको छ। प्रतिनिधिहरुमा उत्तम अर्याल, लक्ष्मण भण्डारी्, दुर्गा बहादुर पुन, अर्जुन केसी, सन्तोष खत्री, अमृत न्यौपाने, सुरेश शर्मा, ध्रुव सुवेदी, बिष्णु भण्डारी, माया खत्री रहेकी छन्।

उक्त अधिवेशनमा गुल्मीको चन्द्रकोट गाउँपालिका घर भई काठमाडौंमा अध्यन, जागीर र ब्यापारको सिलसिलामा बस्दै आएका नेता कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.