गुल्मी काँग्रेसद्वारा सरकार अधिनायकवादी भएको भन्दै विरोध प्रदर्शन

| 2018 Jul 31 | 08:02 pm 2823

  • रमेश वि क

गुल्मी, साउन १५: नेपाली कांग्रेस गुल्मीले सरकारले पछिल्लो समयमा गरेको चर्को मुल्य वृद्धि तथा कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध बृह्त विरोध प्रर्दशन गरेको छ । सरकारले आफ्नो पछिल्ला गतिविधि अधिनायकवाद तर्फ उन्मुख गराएको भन्दै हजारौँको संख्यामा बृह्त र्याली समेत प्रर्दशन गरेको थियो ।

र्याली पछिको कोण सभालाई सम्बोधन गदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सरकारले जनपेक्षामाथि कुठराघात गरेको बताएका थिए । नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष समेत रहेका घिमिरले सरकारले जनताको विश्वासलाई तोड्न थालेको भन्दै सरकारले चालेको कदमले जनताको दैनिकि कष्टकर बन्दै जान थालेको बताएका थिए ।

संसारका कम्युनिष्ट पार्टीले शुशासन दिन नसक्ने बताउँदै सरकारले दुई तिहाई बहुमतको अहंकार प्रर्दशन गर्न थालेको नेता घिमिरेको भनाइ थियो ।

 

केन्द्रीय सदस्य घिमिरेले डा .गोविन्द केसीलाई जोडेर कांग्रेसमाथि गलत प्रवृत्तिका लाञ्छना लगाउने काम भएको बताउदै कुनै नागरीकले राज्य सञ्चालनको क्रममा राज्यले गरेका निर्णयमाथि प्रश्न उठाउनु उसको लोकतान्त्रीक अधिकार हो ।

डा. गोविन्द केसी अनसनमा बस्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कोही व्यक्ति अनसनमा बस्दैमा यो सरकारले झुक्दैन् भन्दै अहङकार प्रर्दशन गरेकाले आफुहरु सदन र सडकमा आवाज उठाउन बाध्य भएको नेता घिमिरेको भनाइ रहेको थियो ।

मुलुकको धेरै परिवर्तन कंग्रेसको सरकारको पालामा भएको उल्लेख गर्दै नेता घिमिरेले अरु सरकारमा रहँदा जनतालाई टुक्का र सपना देखाउने काम मात्र भएको बताए ।

सभालाई सम्बोधन गदै नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सरकार अहिले अधिनायकवाद तर्फ उन्मुख हुँदै गएको बताएका थिए । सभाापति श्रेष्ठले सरकार हरेक क्षेत्रमा चर्को मुल्य बृद्धि गरेर जनतामारा काम गरेको बताए ।

जिल्लास्थित बालमन्दिरमा भएको कोण सभा कार्यक्रममा जिल्ला सचिव विष्णुकुमारी सापकोटाको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति शुरेशचन्द्र भुसाल, जिल्ला कार्य समितिका सदस्य, महासमिति सदस्य, विभिन्न भातृसङगठनका पदाधिकारी लगायतको बाक्लो सहभागीता रहेको कार्यक्रमको सञ्चालन सचिव खिलध्वज पन्थीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.