गुल्मी उद्योग बाणिज्य संघको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

रिपोर्ट नेपाल | 2019 May 16 | 05:52 pm 1984

गुल्मी, जेठ २: नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र गुल्मी उद्योग बाणिज्य संघ गुल्मीको सहआयाोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विश्व व्यापार संगठनको स्थानीयकरण एवम् स्थानीय उत्पादनमा सम्भावना भएका वस्तु तथा सेवाको पहिचान सम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्योग बाणिज्य संघ गुल्मीको सभाहलमा सम्पन्न भएको हो ।

गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत नवराज आर्चायले कार्यक्रमको उद्देश्य माथि प्रकास पारेका थिए । यस्तै कार्यक्रममा मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारीले विश्व व्यापार संगठनको बारेमा र नेपालमा सम्भावना र चुनौतकिा बारेमा स्पस्ट पारे यस्तै गुल्मी जिल्लाको सम्भावना र गुल्मी उद्योग बाणिज्य संघ र किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमले गरेका कार्यहरुसँगै अवसर र चुनौतीका बारेमा दामोदर पोखरेलले जानकारी गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललको प्रमुख आतिथ्यतामा उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको संचालन माहासचिव तारा प्रसाद भुसालले गरेका थिए । कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारीहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधी, कृषक, सरोकारवाला र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.