– आकृति पाण्डे
जिल्ला प्रहरी कार्यालय बर्दीयाको मातहतमा रहेको इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीको सुरक्षा कमाण्ड सम्हालन कमाण्डरका रुपमा शैलेश्वरी बोहरा आएकी छिन । बोहरा यस अघि जहाँ जहाँ बसिन र कमाण्ड गर्ने मौका पाइन उनले कानुनको रक्षार्थ लाग्ने समुदायको स्यावासी पाईन् ।
प्रहरी तालिम केन्द्रमा रहँदा प्रशिक्षार्थीले गर्ने प्रशंसा देखि संगठन भित्रकै केहि साथीहरूले गर्ने डाहासँग रमाउदै र जुध्दै आएकी शैलेश्वरी नेपाल प्रहरीको एक निडर खम्बा हो भन्दा फरक पर्दैन । उनी अपराध कर्म गर्ने गिरोहसँग सतिसाल जस्तै बलियो भएर उभिने खम्बा हुन भने समाजलाई रुपान्तरण गरेर शान्ती सुरक्षा र अमनचयन गराउनु पर्छ भन्ने का अगाडी गुलावको फूल सरी हुन। गुलाव सुन्दर फूल हो तर त्यसमा काँडा पनि हुन्छ भन्ने बुझ्न जरुरी भएको उनको निश्कर्ष देखिन्छ । गुलावको फूल भन्दैमा सफेद भेषमा गरीने अपराधमा शैलेश्वरी काँडा बनेर उभिने गरेकी छन ।
त्यसैले त उनी जहाँ बसिन त्यहाँ समाजसेवीका दृष्टीमा सच्चा जनसेवक बनिन भने अपराध कर्म गर्नेका आँखामा कंसीगर बन्ने गरेकी छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको एकहप्ते कमाण्डमा झण्डै दर्जनको हाराहारीमा फरार अभियुक्तलाई कानुनको दायरामा ल्याउन सफल भइन भने कैयौ तस्करको निद हराम गाइदिएकी थिइन । महिलाले केहि गर्न सक्दैनन भन्ने पुरातन- वादी सोचलाई उनले एकहप्तामा गलत भनेर प्रमाणित गराइदिइन् ।
इलाका प्रहरी कार्यालय वाँसगढीमा पहिलो पटक महिला कमाण्डर बनेर उनी त्यहाँ पुगेकी छन । बाँसगढी राजमार्गमा पर्ने भएकोले त्यहाँ थुप्रै चुनौती छन। इन्स्पेक्टर बोहराले ती चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढिन भने उनको विगतको इतिहास जिवीत रहन्छ र भावी कार्यदिशाको राजमार्ग फराकीलो हुने छ । यो पङ्त्तिकार पनि इन्स्पेक्टर शैलेश्वरीको सफलताको कामना गर्दछ किनकी भोलीका मेरा आफ्ना दिन पनि महिला भएकै कारणले काँडे तार नलागुन ।