गुरु भट्टराईद्वारा रेल्वे कम्पनीको महाप्रबन्धकबाट राजीनामा

| 2021 Aug 11 | 03:35 pm 1781

काठमाडौँ साउन २७: सरकारले साउन १९ गते सोधेको स्पष्टीकरणको जवाफ नदिएका गुरु भट्टराईले आज बुधवार राजीनामा दिएका छन् ।

भट्टराईलाई आचरण विपरीतको कार्य गरेको भन्दै साउन १९ गते मन्त्रिपरिषद्को बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा इमानदारिताका साथ काम नगरि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी दिएकाे आरोप लगाइएको थियाे ।

भट्टराईलाई केपी शर्मा ओली नेतृत्वको सरकारले गत वर्ष रेल्वे कम्पनीमा महाप्रबन्धकका रुपमा नियुक्त गरेको थियो । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका नाममा राजीनामा पत्र बुझाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.