गुडिरहेको बसमा अचानक आगलागी

| 2020 Oct 12 | 08:51 am 2356

धादिङ, असाेज २६ः साेमबार बिहान धादिङकाे थाक्रे भन्ने स्थानमा गुडिरहेको बसमा अचानक आगलागी भएकाे छ । इलाका प्रहरी कार्यालय गजुरीले दिएकाे जानकारी अनुसार थाक्रे गाउँपालिका-१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको हो ।

बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।

बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेर नष्ट भएकाे छ । आगाे लाग्नुकाे कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.