काठमाडौँ २४ जेठ / नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गिरीबन्धु टि स्टेटबारे अनुसन्धान गर्न माग गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माले काँग्रेसले पैसा खाएर गिरिबन्धुको जग्गा बेचेको आरोप लगाएकाले सो बारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् ।
उनले भने, ‘म गृहमन्त्रीलाई खोज्न चाहन्छु । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको लागि गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ? उहाँ खोल्न होइन, बोल्न पनि सक्नुहुन्न । बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो । नम्रतापूर्वक पनि भन्न सक्नुभएन ।’