गिट्टी निकाल्ने क्रममा ढिस्काेले पुरिएर एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2020 Sep 29 | 01:25 pm 2366

स्याङ्जा, असाेज १३ः जिल्लाको वालिङ नगरपालिकामा गिट्टी निकाल्ने क्रममा ढिस्काेले पुरिएर एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वालिङ ११ पेखुका ३१ वर्षीय दुर्गा थापा रहेका छन् । घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीया मुना थापा र ३१ वर्षीय नारायणी सिङली रहेका छन् ।

घाइतेको खुट्टा भाँचिएको छ । उनीहरुको ग्रहुन कालिका प्राथमिक उचार केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.