गोली प्रहारबाट लेखापढी गर्ने सञ्‍जय शर्मा घाइते

रिपोर्ट नेपाल | 2018 Sep 04 | 10:55 am 2110

जनकपुर, भदौ १९: धनुषाको लक्ष्मीनियामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा लेखपढी व्यवसाय गर्दै आएका लक्ष्मीनिया गाउँपालिका–६ का ३५ वर्षीय सञ्जय शर्मा गोली प्रहारबाट घाइते भएका हुन।

जनकपुरबाट मोटरसाइकलमा घर जाँदै गर्दा साेमबार राति साढे ९ बजे शर्मामाथि लक्ष्मीनिया बजार नजिकै गोली प्रहार भएको हो। शर्माको पेटमा दायाँ तर्फबाट गोली लागेको छ।

मोटरसाइकलमा चढेर आएका २ जनाको समूहमा रहेका हतियारधारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

शर्मालाई प्रहार गरिएको गोली शरिरबाट पार गर्दै मोटरसाइकलको ट्यांकीमा ठोकिएको थियो। शर्मालाई जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारकालागि काठमाडौं पठाइएको छ।घटना बारेअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.